र्‍यापमा ‘राजीव भाई’

0
295

१३ असार । एक ताका थियो, त्यो जमातले र्‍यापलाई संगित नै मान्दैन थियो । तर, यम बुद्धहरु जब र्‍याप मा आए त्यसपछि यसले ठूलो क्षेत्र ओगट्यो ।

अहिले आएर र्‍याप मन पराउनेको संख्या असख्य छ । अनि र्‍यापमा लाग्नेहरुको पनि संख्या ठूलै छ । यहीँ भिडमा राजीव भाई उर्फ खोटाङ साकेला–१ का राजीव बुढाथोकीको आगमन भएको छ ।

उनको र्‍याप भने समाजका विकृतिका विरुद्ध दरिलो संगिन बनेर संगितका रुपमा प्रस्तुत छ । उनी आफैं भन्छन्, ‘हामी पढ्ने विद्यार्थीले देशको चिन्ता गर्दा अरुले मतलब नै गर्दैनन्, त्यसैले देशको पीडा र ब्यथा संगित मार्फत पोखेको छु ।’

१९ वर्षका राजीव भाई हाल १२ कक्षामा अध्ययनरत छन् । हालै युट्युबमार्फत सार्वजनिक उनको र्‍याप प्रगतिशिल छ । समाजको विकृति विसंगति विरुद्ध छ ।

पहिलो गित सार्वजनिक गरीसकेका उनी, दोस्रो गितको भिडियो मात्र बाँकी रहेको र तेस्रो गित पनि रेकर्डिङका क्रममा रहेको बताउँछन् । उनको दोस्रो गित भने आफ्नै जिवन भोगाईसँग सम्बन्धित हुने उनी बताउँछन् ।

हालै सार्वजनिक गित भने पछिल्लो पुस्ताका प्रगतिशील र देशलाई माया गर्ने चेतना भएका युवाहरुले अत्याधिक रुचाउँने आशा उनको छ । ‘यो गीतलाई पुरानादेखि नयाँ पुस्ताका सबै आम मानिसले संगै बसेर हेर्न, सुन्न मिल्ने र सबैको मन छुने खालको बनाउने कोशिस गरेको छु ।’ उनले भने । र्‍यापमा छाडापन र गालीमात्र हुँदैन भनेर यो गीत मार्फत उनले प्रमाणित गर्ने भरपुर प्रयास पनि गरेका छन् ।

प्रतिक्रिया