न्यायिक समितिमा अझै अन्योल

0
182

खोटाङ जेठ–२८, खोटाङका स्थानीय तहहरुमा न्यायिक समितिको कार्यसम्पादनमा अझै पनि अन्योल देखिएको बताईएको छ । मेलमिलाप परिषद्ले दिक्तेलबजारमा आयोजना गरेको मेलमिलाप सम्वन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीले हरेक स्थानीय तहमा गठित न्यायिक समितिको कार्यसम्पादनमा अन्योल देखिएको बताएका हुन् ।

सर्वोच्च अदालत मेलमिलाप परिषदका वरिष्ठ अधिबक्ता मातृका निरौलाले मेलमिलाप सम्वन्धी कार्यपत्र प्रस्तुत गरेपछि जिज्ञासा राख्ने क्रममा सहभागीले यस्तो बताएका हुन् । दुई नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लामा न्यायिक समितिको काम, कारबाहीलाई अझै प्रभावकारी बनाउन नसकिएको सहभागीको गुनासो छ । कतिपय मेलमिलाप गरेर पठाईएका विवाद पुन स् उल्टेर आउने समस्या पनि देखिएको ऐसेलुखर्क गाउँपालिकाकी उपाध्यक्ष एबं न्यायिक समितिकी संयोजक पुष्पकला भुजेलले बताउनुभयो ।

अधिकांश विवादलाई सहमतीमा टुंग्याउन सकिए पनि लेनदेनका पुराना बिवादलाई समाधान गर्न असहज भइरहेको समितिका संयोजकहरुले सुनाएका छन् ।

कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, न्यायिक समितिका सदस्य, कार्यालय प्रमुख, मेलमिलापकर्ता लगायतलाई मेलमिलाप सम्वन्धी ऐन, नियमावली, मेलमिलापकर्ताको आचारसंहिता लगायतको बारेमा जानकारी दिइएको छ ।

अभिमुखिकरण कार्यक्रममा नागरिक समाज, शिक्षक, अधिकारकर्मी, उद्योगी, व्यवसायको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया