खोटाङ जेठ–२४, नेपाली कांग्रेस खोटाङले बृहत ¥याली सहितको कार्यक्रम आयोजना गर्दै राष्ट्रिय जागरण अभियानको समापन गरेको छ । कांग्रेस खोटाङले दिक्तेलबजारमा बृहत ¥याली सहितको समापन सभा आयोजना गरी पहिलो चरणको अभियान समापन गरेको हो ।

कांग्रेस सुधारका लागि केन्द्रदेखि गाउँ तहसम्म गरिएको जागरण अभियानको अन्तिम दिन जिल्लास्थित १० वटै स्थानीय तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको जनाईएको छ । नारा जुलुसले बजार परिक्रमा गरी स्थानीय हेलिप्याडमा गरिएको आमसभामा कांग्रेस युवा नेता तथा केन्द्रीय प्रतिनिधि उदय शम्सेर राणा लगायतले सम्बोधन गर्नुभएको थियो । प्रमुख अतिथि राणाले बर्तमान सरकार राजा भन्दा पनि घमण्डी भएको धारणा राख्नुभयो ।

उहाँले सरकारको शैली राजा महेन्द्र र ज्ञानेन्द्रको भन्दा पनि घमण्डी भएको उल्लेख गर्नुभयो । वाईडबडी जहाज, ३३ केजी सुन प्रकरण लगायतको प्रशंग निकाल्दै राणाले हालको सरकार इतिहासकै भ्रष्ट सरकार बनेको बताउनुभयो ।