सुख्खा पहिरोसँगै खसेको ढुंगा लाग्दा एकको मृत्यू, एक घाईंते

0
332

खोटाङ जेठ–२१, वाटो हिँडिरहेको वेला सुख्खा पहिरोसँगै खसेको ढुंगा लाग्दा खोटाङमा एक जनाको ज्यान गएको छ । धान बोकेर मिलतर्फ जाने क्रममा एककासी खसेको ढुंगा लाग्दा केपिलासगढी गाउँपालिका–६ दिप्सुङका ५८ वर्षीय चन्द्र विकको मंगलबार मृत्यु भएको हो ।

स्थानीय राम्चेभीरमा अचानक सुख्खा पहिरोसँगै खसेको ढुंगाले विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताउनुभयो । विकसँगै हिँडरहेका सोही स्थानका २४ वर्षीय मनकुमार तामाङ घाइृंते बनेका छन् ।

एउटै ढुंगाले लागेर घाईंते बनेको तामाङको दिप्सुङ स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाण्डौ पठाईएको प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया