नावालिका छोरी बलात्कारको अभियोगमा बाबु पक्राउ

0
119

जेठ–१ खोटाङ, खोटाङमा आफ्नै छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । आफ्नै ९ वर्षीय नावालिका छोरीलाई करणी गरेको अभियोगमा ५० वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको हो ।

नाबालिका छोरीलाई सोमबार बलात्कार गरेको सूचना मंगलबार पाए लगत्तै सोही दिन बलात्कारी बाबुलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।

पक्राउ परेका बाबुलाई बुधबार जिल्ला अदालत खोटाङबाट म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया