कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढ्ने

0
750

काठमाडौं । आमागी आर्थिक वर्ष २०७६ /७७ का लागि सार्वजनिक हुने नयाँ बजेटमा कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढ्ने भएको छ ।

आगामी आवको बजेटमा निजामति कर्मचारीको मासिक तलब हाल खाइपाइ आएको भन्दा करिब १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी थालिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
अर्थ मन्त्रालय अनुसार आगामी बजेटमा सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि गर्नुपर्ने अत्यधिक दबाब छ ।

मूख्य सचिवको संयोजकत्वमा रहने तलब पनरावलोकन समितिले पनि कर्मचारीको तलब वृद्धिको सिफारिस गर्ने भएको छ ।, समाचार राजधानी दैनिकले छापेको छ ।

प्रतिक्रिया