काठमाडौं । जनयुद्धताका तत्कालिन् माओवादी नेताहरुले किरात प्रदेश घोषणा गर्ने र भोजपुरको पाँचधारेलाई प्रदेशको राजधानी बनाउने घोषणा गरेका थिए । त्यसमा गहनता पनि थियो– पाँचधारे जुन ठाउँ हो, त्यो भोजपुर, उदयपुुर, खोटाङ, सोलुखुम्बुको बिच भागमा पर्दछ ।

सबै जिल्लालाई पायक पर्ने ठाउँ भनेर त्यस समयमा त्यस ठाउँलाई रोजिनु सही पनि थियो । तिनै नेताहरुले अहिले प्रदेश नम्बर एकको राजधानी विराटनगरलाई रोजेको छन् । प्रदेश नम्बर एकमा १४ जिल्ला रहेका छन् । १४ जिल्ला मध्ये विराटनगर बिच भाग र अरु जिल्लाको पायक पर्दैन । अझ, राजधानी जस्तो ठाउँ विदेशी सिमा नजिक नराख्दा उत्तम हुने मानिन्छ । विराटनगर भने भारतको सिमाबाट नजिकको शहर पनि हो ।

विराटनगर प्रदेश राजधानी हुनै नहुने भन्ने हैन । तर, प्रदेशका सबैको पायक पर्ने ठाउँ नरोजेकोमा भने प्रदेशबासी चकित् छन् । अझ ठूलो चकित चाँही कुनै बेला पाँचधारेलाई राजधानी बनाउने घोषणा गर्ने तत्कालिन माओवादी योद्धाहरुले राजधानीको विकल्पमा आवश्यक छलफल समेत चलाउन चाहेनन् ।

प्रदेश १ को केन्द्र तोकिए पनि नामकरण हुन सकेको छैन । किरात र सगरमाथा मध्ये एकको नामकरण हुने सम्भावना बढी छ ।