ज्यान मार्ने उद्योगका दोषी ११ वर्षपछि जेल चलान

0
301
खोटाङ, मंसिर–१५, खोटाङमा ज्यान मार्ने उद्योग मुद्धामा दोषी ठहर अभियुक्त ११ वर्षपछि जेल चलान भएका छन् । ज्यान मार्ने उद्योगमा जिल्ला अदालत खोटाङबाट २०६४ साल बैसाख २० गते ६ वर्ष ७ महिना १० दिन कैंद सजाय सुनाइएका केपीलासगढी गाउँपालिका–७ सुंदेलका ५६ वर्षीय सानकुमार राई जेल चलान भएका हुन् ।
 अदालतबाट कैंद सजायको फैसला सुनाइए पनि हालसम्म फरार रहेका राईलाई पक्राउ गरेको दोश्रो दिन कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो । 
घरैमा लुकिछिपी बसिरहेको सूचनाका आधारमा बिहिबार पक्राउ गरेर शुक्रबार अदालतमा उपस्थित गराइएकामा राईलाई आजै जेल चलान गरिएको प्रहरीले जनाएको छ । 
प्रतिक्रिया