हलेसीमा बस दुर्घटना, एकको मृत्यु ६ जना घाईंते

0
3756

खोटाङ बैशाख–३, खोटाङको हलेसी मन्दिर नजिकै बस दर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाण्डौंबाट खोटाङका लागि छुटेको बस गए राती ११ बजे हलेसी मन्दिर नजिकै पर्ने रिठ्ठाबोटे भीरमा दुर्घटना हुँदा खोटाङ दोर्पाको ३३ बर्षिय पर्जबहादुर राईको मृत्यु भएको हो ।

राईलाई उद्दार गरी दिक्तेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताउनुभयो । चालक सहित १५ जना सवार ना ४ ख ७४११ नम्बरको बस सडकबाट करिब ४० मिटर तल खस्दा ६ जना घाईंते बनेको प्रहरीले जनाएको छ । घाईँतेलाई उपचारको लागि काठमाण्डौंको टिचिङ अस्पताल पु¥याईएको छ ।

घाईतेमध्ये ३ जनाको अवस्था गम्भीर देखिएको प्रहरीले बताएको छ । घाईंतेको पुरा नाम ठेगाना खुल्न सकेको छैन । बस सडकबाट चिप्लिएर रुखमा ठोक्किदै अडिएकाले ठूलो क्षतीबाट जोगिएको बताइएको छ । दुर्घटनामा परेका यात्रुको उद्धारका लागि ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक भुवन खड्का नेतृत्वको प्रहरीको टोली घट्नास्थलमा खटिएका छन् ।

दुर्घटनाबाट उद्धार गरिएका घाईतेलाई उपचारका लागि दुर्छिम स्वास्थ्यचौकीमा पु¥याइएको छ । दुर्घटनाको विस्तुत जानकारी आउन बाँकी रहेको छ । दुर्घटनाको कारण समेत खुल्न नसकेको डिएसपी केसीले बताउनुभयो ।

प्रतिक्रिया