सोलुमा विमान दुर्घटना- को-पाइलटसहित ३ को निधन (भिडियोसहित)

0
505

काठमाडाैं १ वैशाख । सोलुखुम्बुमा आज हवाई जहाज दुर्घटना हुँदा एक सहायक पाइलट र २ जना प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-२ मा भएको विमान दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

दुर्घटनामा समिट एयरका सहायक पाइलट काठमाडौं चावहिल बस्ने वर्ष ३४ का सुजित ढुंगाना, पर्यटक प्रहरीका रुपमा लुक्लामा कार्यरत प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र प्रहरी सहायक निरीक्षक रुद्र बहादुर श्रेष्ठकाे मृत्यु भएको हो । श्रेष्ठकाे उपचारका क्रममा मृत्यु भएकाे थियाे ।

दुर्घटनामा मनाङ एयरका स्टेसन म्यानेजर खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ बस्ने वर्ष ४३ का लाक्पा छिरिङ शेर्पा र सोही विमानका कर्मचारी वर्ष ५५ का श्याङबुचे कार्की सामान्य घाइते भई उपचारको लागि काठमाडौं ल्याइएको छ ।

आइतबार बिहान ९ बजेर २२ मिनेटको समयमा तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट ‘९-एन एएमएच’ कल साइनको समिट एयरको विमान रामेछापको लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङ गरी राखिएको ‘९-एन एएलसी’ कल साइनको मनाङ एयरको हेलिकोप्टरसँग ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भिडियाे

प्रतिक्रिया