‘सम्झौता पूरा नभए सरकार छाडिदिन्छौं’ : उपेन्द्र यादव

0
196

खोटाङ चैत–२८, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारसँग गरिएको सम्झौता कार्यान्वायन नगरे सरकारबाट बाहिरिने बताउनुभएको छ । सङ्घीय समाजबादी फोरम नेपाल खोटाङले विहिबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधान एबं स्वास्थ्य मन्त्री यादवले यस्तो बताउनुभएको हो ।

मन्त्री यादबले मधेसी, आदिबासी जनजाती, महिला, दलित, पिछिडिएका बर्ग र समुदायका मुद्धाहरु सम्बोधन नहुने अवस्था आए आफ्नो पार्टीको बाटो फरक हुने जनाउनुभएको छ । हालसम्म प्राप्त उपलव्धीलाई संस्थागत गर्ने, सङ्घीय गणतन्त्र, समावेशीता र पहिचानको मुद्धालाई संस्थागत गर्ने समझदारीमा सरकारमा गएको स्पष्ट पार्दै त्यो नहुने भए सरकारबाट बाहिरिने यादबको भनाई छ ।

सङ्घीय समाजबादी फोरमका अध्यक्ष रहनुभएका मन्त्री यादवले अहिले नै सरकार छाड्ने भन्ने चाँही नभएको स्पष्ट पार्नुभयो ।
मुलुकलाई गाँठो परेर बस्नबाट जोगाउँदै संविधान संशोधन लगायतका काम पूरा गर्नका लागि संघीय समाजबादी फोरम सरकारमा सहभागी भएको उपप्रधान एबं स्वास्थ्य मन्त्री यादवले दोहो¥याउनुभयो ।

उपेन्द्र यादव दिक्तेलबजारमा स्वास्थ्य शिबिर सञ्चालनका क्रममा उपस्थित रहनुभएको हो । मन्त्री यादवले गोजीमा पैसा नहुँदा उपचार गर्न नसकेर ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्यका लागि सरकारले स्वास्थ्य नीति कार्यान्वयन सुरु गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया