पत्रकार शेर्पा पुरस्कृत

0
148

चैत्र–२७ खोटाङ, खोटाङका पत्रकार चिसाङ शेर्पालाई पुरस्कृत गरिएको छ । बाक्सिला फुटबल क्लबले आयोजना गरेको बाक्सिला रनिङ गोल्डकपको दशौं संस्करण समापनको अवसरमा बुधबार शेर्पालाई नगद सहित पुरस्कार प्रदान गरिएको हो ।

खेलकुदको गतिविधिलाई पत्रकारिताको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म परिचय गराउन योगदान गरेकाले शेर्पालाई ५ हजार ५ सय १० रुपैंया सहित पुरस्कृत गरिएको क्लबका सचिव पबन श्रेष्ठले बताउनुभयो । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी उच्च माविको प्राङगणमा भएको कार्यक्रममा पत्रकार शेर्पालाई नगदसहित सम्मान–पत्र प्रदान गरिएको छ ।

समायोजन खबर डटकमका सञ्चालक रहेका शेर्पा हिमालय टाइम्स दैनिकमा समेत आवद्द रहनुभएको छ ।

प्रतिक्रिया