दिक्तेलमा ३ दिने आँखा शिविर, चश्मा पनि सित्तैमा पाइने

खोटाङ । जिल्ला अस्पताल खोटाङ, दिक्तेलमा ३ दिने नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र नेत्र ज्योति संघ जिल्ला शाखा खोटाङको सहकार्य र सगरमाथा अस्पताल लाहानको प्राविधिक सहयोगमा जिल्ला अस्पताल खोटाङ, दिक्तेलमा २२ गतेदेखि २४ गतेसम्म आँखा शिविर सञ्चालन हुने भएको हो ।

शिविरमा निःशुल्क रुपमा बिरामीलाई चश्मा समेत वितरण हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले सुविधा लिन सबैसँग अनुरोध समेत गरेको छ ।