कांग्रेस सांसदले ठेक्का लिएको पुल हावाले उडाईदियो

0
1178

काठमाडौं । नुवाकोटको केउरेनी र धादिङको फोस्रेटार जोड्ने पुलका ठेकेदार हुन् प्रतिपक्षी नेपाली कांग्रेसका सांसद बहादुरसिंह लामा । त्रिशूली नदीमाथि बन्ने यो पुलको सम्झौता असार ०७१ मा भएको हो र असार ०७४ मा निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, म्याद सकिएको २१ महिनापछि बनाउन थालिएको पुलको फर्मा सोमबारको हुरीले उडाइदिएको छ ।

सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठका अनुसार निर्माणधीन पुलमा ढलान गर्नुपूर्व फर्मा राख्ने काम भइरहेको थियो । त्यही समयमा हुरी चल्दा ठड्याइएको फर्मा भुइँमा खसेको हो । यसअघि पनि यसै प्रकारका २–३ वटा घटना भएका छन् । सुनकोसी पुल र त्रिशुली पुल तनहुँमा पनि यस्ता घटना भएका थिए । उनले भने । समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रतिक्रिया