खोटाङ २ चैत । जिल्लाको रावावेशी गाउँपालिका वडा नम्बर ६ स्थित गढी थुम्काबाट हिजो १ गते सल्किएको आगलागीबाट करिब ३६ लाखको क्षति भएको छ । एक जना गोठालाले कासे घडेरी सामुदायिक वनमा गाई वस्तु चराउन जाँदा वनमा आगो सल्काउँदा आगो गाउँसम्म पसेको बताइएको छ ।

नेपाली सेनाका अनुसार एक जना गाईवस्तु चराउने गोठालोले वनमा आगो सल्काउँदा आगो गाउँमा पनि फैलिन पुगेको थियो ।

आगलागीबाट रावावेशी गाउँपालिका दूवेकोल घले गाउँका गोपाल पाण्डे, भूवन पाण्डे, अविकेश पाण्डे र भिम पाण्डेको छ वटा घर तथा गोठ जलेको छ । सुरक्षा निकायका अनुसार उक्त आगलागीबाट १६ लाख बराबरको क्षति भएको छ । आगलागीबाट मानविय तथा चौपायाको कुनै क्षति नभएको सुरक्षा निकायले जनाएका छन् ।

सोही आगो तोरी भीर मानिसिंमे सामुदायिक वनमा पनि सक्लिन पुगेको थियो । आगो फैलदै जाँदा ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ८ माक्पा लेवा गाउँमा रहेको तोम बहादुर निरौलाको फुसको छानो भएको घर गोठ जलदा करिब २० लाख बराबरको क्षति भएको सुरक्षा निकायले जनाएका छन् ।

आगो नियन्त्रणमा नेपाली प्रहरीका साथै ऐसेलुखर्कबाट सह सेनाी अमृत गिरीको कमाण्डमा गएको नेपाली सेनाको टोली तथा स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।