खोटाङको पर्यटन प्रबद्र्दनका लागि साईकल यात्रामा युवा

0
454

खोटाङ फागुन–२८, खोटाङकको धार्मिक तथा पर्यटकीय स्थलको प्रचार–प्रसार गर्दै पर्यटन प्रबद्र्दन गर्ने उदेश्यले एक युवा राष्ट्रब्यापी साईकल यात्रा शुरु गरेका छन् । पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेका स्थानहरुको प्रचार–प्रसार गर्ने उदेश्यले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कर्ण श्रेष्ठले राष्ट्रव्यापी साईकल यात्रा सुरु गर्नुभएको हो ।
पर्यप्त प्रचार–प्रसार नहुँदा ओझेलमा रहेका त्रि–धार्मिकस्थल हलेसी, बराहपोखरी, रुपाकोट, टेम्के, तुवाचुङ, मझुवागढी, भुलभुले, मैयूँ लगायतका धार्मिक तथा पर्यटकीयस्थलको प्रचार–प्रसारमा श्रेष्ठले जिल्ला समन्वय समितिको प्राङ्गणबाट सोमबार साईकल यात्रा थाल्नु भएको हो । साईकल यात्री श्रेष्ठलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चामलीङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, जिल्ला समन्वय समितिका सदस्य चर्च बिश्वर्मा, नेकपा नेता राम दंगाल, दिपक पाण्डे, नयाँ शक्ती खोटाङका इन्चार्ज सुर्य राई लगायतले यात्राको सफलताको कामना गर्दै बिदाई गर्नुभएको छ । आफ्नो देशव्यापी भ्रमण भ्रष्टाचार बिरुद्ध समेत हुने श्रेष्ठले बताउनुभयो ।
यात्रा सुरु गर्नुअघि जिससको सभाहलमा भएको साईकल यात्रा उद्घाटन कार्यक्रममा यात्री श्रेष्ठले प्रकाशन गरेको ‘खोटाङको प्राकृतिक सम्पदा’ नामक पुस्तक बिमोचन गरिएको छ ।

प्रतिक्रिया