उनी नै हुन् इथियोपिया विमान दुर्घटनामा ज्यान गुमाउने नेपाली चेली

0
659

काठमाडौं । इथियोपियमा आइतबार भएको विमान दुर्घटनामा एक जना नेपाली चेलीले पनि ज्यान गुमाएकी छिन् । गोरखा नगरपालिका–१० छेवेटार घर भएकी २८ वर्षीया एकता अधिकारीको विमान दुर्घटनामा ज्यान गएको हो ।

उनी आठ महिना अघि मात्र इथियोपिया स्थित राष्ट्रयसंघीय विश्व खाद्य कार्यक्रममा ’पोस्टिङ’ भएकी थिइन् । उनलाई परिवारका सदस्यले बिहे गर्नेबारे कुरा गर्ने गरेका थिए । एकताले भने दुई वर्ष करिअर बनाएर बिहे गर्ने बताउने गरेकी थिइन् ।

काठमाडौँमा आइएस्सी सकेर बेलायत गएकी अधिकारी एमएस्सी सकेर नेपाल फर्किएकी थिइन् । एकताले २०७२ वैशाख १२ को भूकम्पपछि काठमाडौंस्थित विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को ’कन्ट्री अफिस’मा ’लजिस्टिक अफिसर’को रुपमा आपतकालीन राहत कार्यक्रममाा काम गरेकी थिइन् । परिवारका तीन छोरी मध्ये एकता कान्छी छोरी हुन् । विमान दुर्घटनामा एकतासँगै १५७ जनाले ज्यान गुमाएका छन् ।
भिडियो हेर्नुहोस्

प्रतिक्रिया