दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु

0
164

काठमाडौं १८ फागुन । हेलि दुर्घटनाबाट पर्यटनमन्त्री रविन्द्र अधिकारीलगायत ७ जनाको ज्यान गएको दुर्घटना ओभानो हुन नपाउँदै फेरि जिप दुर्घटनाबाट ११ जनाले ज्यान गुमाउनु परेको छ ।

दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिला तर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप राताकाठा भन्ने स्थानमा शुक्रबार राति करिब ८ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा ७ महिला, ३ पुरुष, १ नाबालिकाको मृत्यु भएको छ ।

दुर्घटनामा जीप चालक दीपक सिंह धामी घाइते छन् । उनको अवस्था गम्भीर छ । उनलाई जिल्लामा उपचार हुन नसकेपछि भारतको पिथौरागढ रिफर गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here