लुट्न सके लुट गितलाई लिएर संसदमै पुरस्कार घोषणा र चर्काचर्की (भिडियो)

0
198

काठमाडौं ७ फागुन । सर्वत्र चर्चा विवादमा रहेको लुट्न सके लुट नामक पशुपति शर्माको गितबाट व्यवस्थापिका संसद पनि अछुतो रहन सकेन । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा कांग्रेस सांसद डा. अमरेशकुमार सिंहले गितलाई लिएर सरकारको कटाक्ष गरिहाले ।

त्यति मात्र होइन, उनले दुई तिहाईको सरकारले जनताको बोलि बोलिएको गित नरुचाएको आरोप लगाए भने गायककारलाई फागुन महिनाबाट आउने तलबबाट २५ हजार पुरस्कार दिने घोषणा समेत गरे ।

त्यसको केही समयपछि पालो पाए सत्तारुढ दलका सांसद झपट रावलले । कांग्रेस र गायक पशुपति शर्माले रोइलो गरेको भन्दै उनीहरुमाथि रावल जाइलागे ।
उनले कांग्रेसलाई भगवान पशुपतिले जोगाउन नसकेको भन्दै गायक पशुपतिले जोगाईदिउन् भनेर कामना गर्न पनि पछि परेनन् ।
अनि, ठट्यौली पारामा उक्त गित गाउन समेत लाजमर्दो रहेकोतर्फ संकेत गर्दै सांसद रावलले काग्रेस सांसद सिंहले त्यस गितलाई गाईदिए एक महिनाको तलब दिने उल्टै चुतौती समेत दिन भ्याए । उनको चुनौतीपछि संसद बैठकमा हाँसो फुटेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here