खोटाङ माघ–२७, खोटाङका प्रगतिशील लेखकहरुवीच ‘प्रगतिशील लेखन विषयक’ अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिवार दिक्तेलवजारस्थित पुष्पलाल स्मृति भवनमा प्रगतिशील लेखक संघ जिल्ला कार्य समितिले आयोजना गरेको एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अखिल नेपाल लेखक संघको केन्द्रीय उपाध्यक्ष डा.धनप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्लाका ३५ जना लेखकहरुको सहभागिता रहेको संघको जिल्ला अध्यक्ष चित्र सुवेदीले वताउनुभयो । प्रलेसका पूर्व जिल्ला अध्यक्ष हेमविक्रम राई, राष्ट्रिय परिषद् सदस्य वेदीकुमार राई लगायतका लेखकहरु सहाभागी कार्यक्रममा तथा नेकपाका केन्द्रीय सदस्य दुर्गाजयन्ती राई, नेकपा एमालेका जिल्ला अध्यक्ष ववी चाम्लिङ, नेकपाका नेता जलशेर राईको समेत उपस्थिती थियो ।

अन्र्तक्रिया कार्यक्रममा प्रगतिशील लेखन तथा साहित्यको वारेमा प्रमुख अतिथि डा.सुवेदीले लामो प्रस्तुति दिनुभएको थियो । प्रगतिशील साहित्य तथा लेखनवारे सहभागीहरुको चासो तथा जिज्ञासावारे सुवेदीले प्रष्ट पार्नुभएको थियो । प्रलेस खोटाङले प्रत्येक महिना प्रतिभा प्रवाह कार्यक्रम गर्ने जनाएको छ । संघले मुखपत्र प्रकाशनको समेत तयारी गरेको जनाएको छ ।