हलेसी साईनो स्टार झन्–झन् रोचक : १६ जना छैटौं चरणमा

0
253

                         उत्कृष्ट २० वाट वाहिरिएकी प्रतिभा कन्चन राई

खोटाङ माघ–२७, नेपाल आईडलमा फरक अभिनयका साथ प्रस्तुत भई भाईरल वनेका नरेस पातलीको झल्को दिने गरी स्टेजमा उत्रिएका हलेसी साईनो स्टारका प्रतिस्पर्धी रविन दियालीले दर्शकलाई खुवै मनोरञ्जन दिए । साकेला गाउँपालिकावाट छनौट भई आएका दियालीले पातलीले जस्तो अभिनयले मात्र होईन गायन प्रस्तुतिले पनि केही हदसम्म दर्शकको मन जिते ।
उनले फनफनी नाच्दै पुर्वेली भाका ‘मरिजाने जिन्दगीको भर हुन्न…’ गाउँदा दर्शकवाट हाँसो र तालीको पर्रा छुट्थ्यो । दर्शकको हुटिङ, हल्ला र हाँसोवीच पनि विचलित नभई नाची–नाची सुर–ताल समाउने कोशिष गरिरहे । तर दुर्भाग्य गायन प्रतियोगिता हलेसी साईनो स्टारको छैंटौं चरणमा उनि उक्लन सकेनन् । उनि पाँचौ चरणको लोक गीत राउण्डवाट छैंटौं चरणको लागि छनौटमा पर्न सकेनन् ।
शनिवार दिक्तेलवजारको समीक्षालय हलमा सम्पन्न लोक गीत राउण्डमा २० जना प्रतिस्पर्धीले प्रस्तुति दिएकोमा सवैले उत्तिकै खारिएको गीत गाएका थिए । गायिका राधा राई र गायक रेवत राई निर्णायक रहेको लोक गीत राउण्डमा अधिकांश प्रतिस्पर्धी दौरा सुरुवाल तथा चौवन्दी फरियामा मञ्च उक्लिएका थिए । स्थानीय तह हुँदै जिल्ला स्तरीय विभिन्न अडिसनमा प्रतिस्पर्धीलाई पछि पार्दै आएका २० जनामध्ये दियाली समेत गरी ४ जना प्रतिस्पर्धीको यो पटकको यात्रा टुंगिएको छ ।
उक्त अडिसनमा पनि अघिल्लो अडिसनहरुमा जस्तै हलभित्र खचाखच दर्शक थिए । नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर विणादेवी राई लगायतले अडिसनलाई प्रत्यक्ष हेरे । राती अवेरसम्म जारी रहेको कार्यक्रमको विट मार्ने समयमा गायक रेवत र गायिका राधाको फरक–फरक प्रस्तुतिले रौनकता दिएको थियो । गायिका राधाले ४ तथा रेवतले ३ वटा गीत गाएर हललाई तत्ताएका थिए ।
गीतसंगीतको क्षेत्रलाई व्यवसायिकता दिन जिल्लामा स्थापित साईनो कला केन्द्रले आयोजना गरेको एकल गायन प्रतियोगिता अन्तर्गत उत्कृष्ट २० प्रतिस्पर्धीदेखि भोटिङ र निर्णायकको निर्णयको आधारमा छनौट गर्ने प्रयोजन अपनाईएको छ । गत पुस ९ गतेदेखी शुरु गरिएको गायन प्रतियोगिताको छैंटौं तथा खुल्ला राउण्ड फागुनको पहिलो शनिवार हुने संयोजक प्रमोद श्रेष्ठले वताउनुभयो । उक्त अडिसनवाट उत्कृष्ट दश प्रतिभा छनौट गरी फाईनलमा लगिने श्रेष्ठको भनाई छ ।

                            उत्कृष्ट १६ मा पर्न सफल प्रतिभा पर्शुराम गजमेर
प्रतियोगिताका प्रथमले नगद ५५ हजार ५ सय ५५ रुपैंयाँका साथमा ट्रफि, प्रमाणपत्र तथा गीत रेकर्डिङ र एक वर्ष निशुल्क संगीत कक्षाका अवसर प्राप्त गर्नेछन् । यस्तै, द्वितीयले नगद ३० हजार रुपैंयाँको साथमा ट्रफि, प्रमाणपत्र र एक वर्ष निशुल्क संगीत कक्षा लिन पाउनेछन् । तृतीयको लागि १५ हजार रुपैंयाँ नगदसहित एक वर्ष संगीत कक्षा, प्रमाणपत्र र ट्रफिको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया