नेकपा खोटाङका नेता संघीयमा प्रवेश

0
869

खोटाङ, माघ २३– खोटाङ लफ्याङका पुर्व गाबिस अध्यक्ष अञ्चल राई संघीय समाजबादी फोरममा प्रवेश गरेका छन् । पछिल्लो समय नेकपामा क्रियासिल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ का राई बुधबार संघीय समाजबादी फोरममा प्रवेश गरेका हुन् ।
संघीय समाजबादी फोरमको दिक्तेलस्थित पार्टी कार्यालयमा भएको जिल्ला कमिटिको बैठकमा स्वास्थ्य मन्त्रीका प्रमुख सल्लाहकार डा। केके राईले अञ्चललाई पार्टी प्रवेश गराएका हुन् । २०४९ सालमा तत्कालिन  नेपाली कांग्रेसका तर्फवाट गाबिस अध्यक्ष बनेका अञ्चल, पुर्वमाओबादी निकट जनप्रगतिशिल मञ्च बहराईनका पुर्वसंयोजक नगेन्द्रराज चाम्लिङ सहित तीन जना पार्टी प्रवेश गरेको संघीय समाजबादी फोरम खोटाङका उपाध्यक्ष टंक थापाले जनाउनुभयो ।

प्रतिक्रिया