मेयर र वडाध्यक्षले नै चोरे विद्युत्

0
416

काठमाडौं । रौतहटको गढीमाई नगरपालिकाका प्रमुख र वडाध्यक्ष नै विद्युत चोरीमा संलग्न रहेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले नगर प्रमुख श्यामप्रसाद यादव र वडा नम्बर ६ का वडाध्यक्ष रामसिंघासन यादवले विद्युत चोरी गरेको फेला पारेको हो ।
प्रमुख र वडाध्यक्षले हुकिङ गरी घरमा विद्युत लिएर प्रयोग गरिरहेको पाइएपछि प्राधिकरणको टोलीले लाइन काटेको छ । वडाध्यक्ष यादवले मिटर बाइपास गरी आफ्नो घरमा बिजुली प्रयोग गर्नुका साथै दाजुभाइको घरमा समेत आफूले चोरेको बिजुली दिएका थिए । नगर प्रमुख र वडाध्यक्षले चोरी गरेको विद्युतकाे बिगो र जरिवाना तिर्ने भएका छन् । समाचार कारोबार दैनिकमा छ ।

प्रतिक्रिया