हात–खुट्टा गुमाएका हरिकाजीको मनै छिनाउने दर्द (भिडियो रिपोर्ट सहित)

0
247

माघ–१४ ,
आफ्नो मात्र नभई परिवारकै सहाराको रुपमा रहेको दुवै हात र एउटा खुट्टा आँखै अगाडी पोको पारेर फालेको देख्दा हरिकाजीलाई मृत्यू नै प्यारो लागेको थियो । तर मृत्यू पनि आफुले भन्न साथै कहाँ आफ्नो पक्षमा हुन्छ र !

पाँच वर्ष अघिसम्मको त्यो हट्टाकट्टा ज्यान, त्यो फुर्तिलोपना, त्यो जोश र जाँगर सम्झँदै हरिकाजी वालक झैं क्वाँ–क्वाँ रुन्छन् । ‘पै’लेको फोटो हेर्छु …’ हरिकाजी मन थाम्न सक्दैनन् । ४ वर्ष लाग्नै आँटेको छोराको तोते प्रश्नले झनै उनको छाति चिरिन्छ । ‘छाम्छन्, अनि सोध्छन्, वावा ! खोई तपाईएको हात ?’ हरिकाजी आफ्नो मनमा भएको सवै पीडा वताउँदा पनि वेस्सरी पीडामै पर्छन् ।

७५ वर्ष पूरा गरेकी हरिकाजीकी आमा भन्छिन्–‘यीनले नगरेको र नजानेको केही छैन, नपुगेको कतै छैन ।’ चाउरी परेको अनुहार दायाँवाँयाँ घुमाउँछिन् अनि भन्छिन्–‘गाउँकै वालिया भएकाले सवैको रोज्जा केटा पो थियो त ।’

विद्युत मर्मत गर्ने क्रममा दुवै हात र दायाँ खुट्टा गुम्दा आफ्नो ज्यानमा वसेको झिँगा धपाउन समेत अरुकै सहारा लिनुपर्ने अवस्थामा पुगेका हरिकाजी र उनको परिवारको एउटै सपना र कामना छ कि कृतिम नै भए पनि एउटा हात जोड्न सकुँ । एउटा हात मात्रै लगाउन सकेको खण्डमा आफु र आफ्नो परिवारको लागि मात्र नभई समाज र देशको लागि केही न केही गर्न सक्छु भन्ने सोंच भएको हरिकाजीकोे भनाई छ । सवैलाई उज्यालो वाँड्ने क्रममा आफु र आफ्नो परिवारलाई अन्धकारमा फसाउन पुगेका हरिकाजीको परिवारले हरिकाजीको शरीरमा कृतिम हात जोड्नका लागि सहयोगको याचना गरेका छन् ।
हलेसी तुवाचुङ नगरपालिकास्थित अर्खौलेको बर्खेटारमा २०७० साल चैत १६ गते एघार केभी क्षमताको विद्युत लाईन मर्मत गर्ने क्रममा ढुंगाना दुर्घटनामा परेका थिए । दुवै हात र दायाँ खुट्टा गुमाएको ढुंगानाको कृतिम हात जोडिएको खण्डमा सेन्सर प्रविधिले चल्ने भएकाले खान, लागाउन, चर्पी जान र आफुलाई सम्हाल्न सक्ने विज्ञले वताएका छन् ।

एक छाक खान नै धौ धौ पर्ने भएकाले करोड जम्मा गर्न आफ्नो वुताले नभ्याउने श्रीमति सीता सुनाउँछन् । सवैको सहयोग मिले एउटा हात भए नि लगाईदिने परिवारको सपना छ । अरुलाई उज्यालो वाँड्ने क्रममा जीन्दगरी र घरपरिवारलाई नै अन्धकारमा फसाउन पुगेका हरीकाजीको लागि एउटा कृतिम हात जोडिदिन सहयोग गर्न सवसँग आग्रह गरिएको छ ।

३७ वर्षिय हरिकाजीको उपचारको लागि अहिलेसम्म ३६ लाख रुपैंयाँ भन्दा बढी खर्च भइसकेको छ । सो मध्ये २६ लाख विद्युत प्राधिकरणले उपलब्ध गराए पनि बाँकी रकम ऋणमा लिईएको वताईएको छ । हाल ऋण फिर्ता माग्ने मान्छेहरु दैनिक जसो घरमा आउने गरेको परिवारले जनाएका छन् ।
उनलाई बचाउन उक्त अस्पतालका वरिष्ठ प्लाष्टिक सर्जण्ट वसन्त माथेमासहितका चिकित्सकले दुवै हात र एउटा दाहिने खुट्टा काटेर फालेका थिए । सम्पत्तिको नाममा केही पाखो बारी मात्र भएको हरिकाजीको घरमा बुबाआमा, श्रीमती, बहिनी, एक छोरी र एक छोरा छन् । हरिकाजीका हातगोडा फालिएपछि अब उहाँका शरणमा रहेका सबै परिवार साहारा विहिन बनेका छन् ।

करिव एक करोडको हाराहारीमा पैसा जम्मा गर्न सके हरिकाजीको गिडिँएको दुईमध्ये वाँयाँ हातमा कृतिम हात जोड्न सकिने वताईएको छ ।
हेर्नुहोस् भिडियो :

प्रतिक्रिया