‘कपाल मुण्डन र सेतो वस्त्रधारणपछि स्ट्रोङ वनेकी छु’: प्रदेश सांसद राई((भिडियो सहित)

0
286

खोटाङ माघ–९, एक नम्वर प्रदेश सांसद उषाकला राईले आमाको श्रद्दामा कपाल मुण्डन गरी किरियापुत्री वसेपछि आफुलाई ‘स्ट्रोङ फिल’ भएको वताउनुभएको छ । आफुलाई जन्माई, हुर्काई हालको अस्तित्वसम्म पु¥याउने आमाको निधनपछि कपाल मुण्डन गरी सेतो वस्त्रधारण गरेपछि हलुका र शक्तिशाली महशुष गरेको सांसद राईले जनाउनुभयो ।

आमाको निधनले अगाध पीडामा पर्नुभएकी प्रदेश सांसद राईले सर्वस्व दिने आमाको नाममा अर्थात आमाको सम्मानमा एउटी छोरीले केश मुण्डन गर्नु ठूलो कुरा नभएको धारणा राख्नुभयो । वुधवार खोटाङको दिक्तेवजारमा भएको पत्रकार भेटघाटमा समाजमा रहिआएको लैंगिक विभेदपूर्ण सामाजिक मूल्य–मान्यतामा परिवर्तन ल्याउनका लागि समेत आफ्नो केश मुण्डन र सेतो वस्त्रधारणले शक्ति प्रदान गरेको उहाँले संकेत गर्नुभयो । जीवन दिने आमाको निधनले जति नै पीडा भए पनि मृत्यु स्विकार गर्नुको विकल्प नभएकाले आफ्नै आत्मासन्तुष्टीको लागि र आमाको आत्माको शान्तिको लागि केश मुण्डन गरेर किरियापुत्री वसेको उहाँले सुनाउनुभयो ।

सांसद राईले छोराले मात्र काजक्रिया गर्न हुने तर छोरीले गर्न नहुने भन्ने मान्यतामा परिवर्तन हुन जरुरी रहेको औंल्याउनुभयो ।  छोरा–छोरी दुवै सन्तान भएकोले छोराले र छोरीले दुवैले नै वावुआमाको काजक्रिया गर्न मिल्ने सांसद राईको वुझाई छ । सवै छोरीहरुले कपाल मुण्डन गरेर र सेतो वस्त्र लगाएरै काजक्रियामा वस्नुपर्छ भन्ने नभई आ–आफ्नो तरिका र इच्छा अनुरुप छोरीले पनि वावुआमाको काजक्रियामा वस्न पाउनुपर्ने धारणा भएको सांसद राईले स्पष्ट पार्नुभयो ।  वावुआमाको काजक्रिया कसरी वस्ने अर्थात श्रद्दा र सम्मान कसरी गर्ने भन्ने स्वविवेक, स्वेच्छा तथा स्वनिर्णयले उहाँको तर्क छ । तर एउटै कार्य छोराले गर्न मिल्ने र सोही कार्य छोरीले गर्न नमिल्ने भन्ने हुँदै नहुने उहाँको धारणा रहेको छ ।

समानताको आधारमा समतमुलक र समृद्द समाज निर्माणका लागि यी यस्ता विभेद अन्त्य गर्नुपर्ने सांसद राईले धारणा राख्नुभयो ।

लामो संघर्ष तथा वलिदानपछि मुलुकमा आएको सङ्घीय लोकतन्त्र, गणतन्त्र आए पनि पहिलो सर्तको रुपमा रहेको विभेदहरुको अन्त्य अझै पनि हुन नसकेको सांसद राईले उल्लेख गर्नुभयो । मुलुकमा राजनीतिक परिवर्तन आए पनि सामाजिक, साँस्कृतिक तथा संस्कारगत रुपमा परिवर्तन हुन नसकेकोले अव हामीले नै परिवर्तन ल्याउन अपरिहार्य भएको उहाँको ठहर छ ।  अवको पहिलो काम सामाजिक–साँस्कृतिक पाटोको भएको प्रदेश सांसदको भनाई छ ।

७५ वर्षको उमेरमा आमा लक्ष्मी राईको गत पुस २५ गते निधन भएको थियो । काठमाण्डौंमा ५ दिन काजकिरियामा बस्नुभएकी उषाकलाले जन्मथलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा आएर ७ दिन किरियामा बसेर आमाको काजकिरिया पूरा गर्नुभएको हो । दाजुभाई नभएकी उषाकला छोराले मात्र किरियापुत्री बस्ने प्रचलनका बिरुद्ध आफै किरियापुत्री बस्नुभएको थियो । सासुको काजक्रियाका लागि उषाकलाका श्रीमान पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ पनि खोटाङ आउनुभएको थियो ।

प्रतिक्रिया