खोटाङ माघ–८, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सल्लाहकार समिति संयोजक एवम् पूर्व अध्यक्ष पत्रकार खिम घलेलाई मातृशोक परेको छ । कान्तिपुर डेली डटकमका सम्पादक घलेकी आमा चन्द्रकुमारी घलेको ७२ वर्षको उमेरमा मंगलवार विहान साँढे दुई बजे निधन भएको हो ।
मधुमेह र उच्च रक्तचापको विरामी घलेलाई सोमबार राती एक्कासी समस्या आएपछि अस्पताल पु¥याउनसाथ डाक्टरहरुले मृत घोषणा गरेका थिए । घलेकी आमाको लम्जुङको बेँसीसहरस्थित स्थानीय अस्पतालमा निधन भएको जनाईएको छ । बेंसीसहर नगरपालिका–१०, खासुर स्थायी घर भएका घलेको आमा बेँसीसहर नगरपालिका–७, लम्जुङस्थित जेठो छोरा ताराराज घलेसँगै बस्दै आउनु भएको थियो । दिवंगत चन्द्रकु मारी घलेका परिवारमा श्रीमान् , दुई छोरा, दुई बु हारी लगायत रहेका छन् ।
यसैवीच, पत्रकार घलेकी आमाको निधनपछि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले शोक वक्तव्य जारी गरेको छ । दिवंगत चन्द्रकुमारी घलेप्रति भावपूर्ण श्रद्धाञ्जली तथा फोनिज सल्लाहकार संयोजक घलेप्रति समवेदना प्रकट गरेको छ ।