काठमाडौं । नेविसंघ ओखलढुंगाको अधिवेशनमा नेपाली कांग्रेस जिल्ला नेताहरुबीच कुटाकुट भएको छ । नेताहरुबीच नै हात हालाहाल भएपछि अधिवेशन भाँडिएको छ ।

कार्यक्रमस्थलमै कुटपिट भएपछि ओखलढुंगा कांग्रेसका पुराना नेता बालकृष्ण दाहाल अस्पताल भर्ना भएका छन् । टाउकोमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको नेता लीलाबल्लभ दाहालले जानकारी दिए ।

सोमबार बिहान ११ बजे नेविसंघको १२ औँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रम थियो । अधिवेशन उद्घाटन समारोहमा आसन ग्रहण र भाषणको विषयमा विवाद भएपछि दुई समूहबीच कुटाकुट भएको हो । समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।