मलेसियाको राजधानी क्वालालम्पुरस्थित केपोङ्गको एक कम्पनीमा भएके विवादलाई झगडा हुन नदिनका लागि सुल्झ्याउन जाँदा एक नेपाली को मृत्यू भएको छ । कम्पनीमा शनिबार राती नेपाली र म्यानमारका कामदारबीच भएको विवाद सुल्झ्याउन खोज्दा ललितपुरका इन्द्र तामाङको ज्यान गएको हो अर्का एकजना घाइते भएका छन् ।

नेपाली र म्यानमारका कामदारबीच झगडा भएपछि छुट्याउन खोज्दा म्यानमारका नागरिकको छुरा प्रहारबाट तामाङको ज्यान गएको हो ।

छुरा लागेर झापाका लालबहादुर लिम्बु घाइते हुनुभएको छ । उहाँलाई राती नै अस्पताल भर्ना गरिएको छ । छुरा प्रहार गर्ने म्यानमार नागरिक भने फरार छन् ।