खोटाङ माघ–५,  खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा एक पुरुष मृत फेला परेका छन् । साबिकको लिच्कीराम्चे–६ ढुसेनीमा शनिबार सडकमै तराईमुलको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

हेर्दा अन्दाजी ५०–५५ वर्षका आर्यान समुदायकोजस्तो देखिने पुरुषको शव पोष्टमार्टमका लागि उदयपुर पठाइएको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका वडाध्यक्ष गोपीकृष्ण राईले बताउनुभयो ।

मृतकको साथमा लाईटर, बिँडी र काम गर्नेक्रममा प्रयोग हुने एकजोर पञ्जा फेला परेको छ । शव रसुवाघाट–सिमपानी सडक खण्डमा फेला परेको हो ।