खोटाङ जाँदा अगम राईको ८ लाख बराबरको नगद र गहना सुमोबाटै हरायो

0
1526

काठमाडौं ५ पुस । खोटाङ साकेला गाउँपालिका २ का अगम राईको काठमाडौंदेखि खोटाङ जाने क्रममा सुमो गाडीबाटै करिब ३ लाख ५० हजार नगद र ५ लाख बराबरको गरगहना हराएको छ ।

काठमाडौंबाट ना १ ज ५०२६ नम्बरको सुमोमा यात्रा गर्ने क्रममा हुटमा राखिएको सुटकेससहित उनको ३ लाख ५२ हजार नगद र पाँच लाख बराबरको गर गहना हराएको बताइएको हो ।

कम्बाइड रंगको सुटकेशसहित नगद र गर गहना सिन्धुली जिल्ला नेपाल थोकदेखि घुर्मीबिचसम्म पुग्दा सुटकेस खसेको बताइएको छ । कसैले देखे भेटेमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

सुटकेससहितको नगद र गरगहना भेटेर बुझाएमा उचित नगदसहितसहित सम्मान गरिने समेत बताइएको छ ।

प्रतिक्रिया