यी हुन् ओली सरकारका ११ महिनाका २१ महत्वपूर्ण काम

0
376

काठमाडौं । फागुन ३ गते २०७४ मा गठन भएको केपी ओली नेतृत्वको सरकाले ११ महिना पूरा गरेको छ । यो अवधिमा सरकारको प्रशंसाभन्दा आलोचना धेरै भयो । तर धेरै विषयमा आलोचित सरकारले दीर्घकालीन महत्वका केही काम पनि गरेकाे छ । सरकारले पुराना बेथिति भत्काउँदै केही नवीन कामको प्रयास गरेको छ ।

यस अवधिमा सरकारले किसानको एक अर्ब ३२ करोड ऋण मिनाह, १६५ कानुन संशोधन, उत्साहजनक आर्थिक सूचांक, प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, ज्येष्ठ नागरिक बिमा लगायतका कार्यक्रम गरेको छ । यस्तै, श्रमिकको ज्यालामा ३९ प्रतिशत वृद्धि, वैदेशिक रोजगारको ठगी नियन्त्रण, छिमेकी नीतिमा सन्तुलन, नौ सय मेगावाटको अरुण तेस्रो शिलान्यास, भारतीय दूतावासको क्याम्प बन्द, यातायात क्षेत्रमा सिन्डिकेट तोड्ने प्रयास साथै राष्ट्रिय गौरवको काममा ८० प्रतिशत प्रगति ल्याउन पनि सरकार सफल भएको छ ।

सरकारले गरेका अन्य महत्वपूर्ण कामहरुमा राजदूत नियुक्तिमा मापदण्ड, पानीजहाज कार्यालय स्थापना, स्थानीय तहलाई दरबन्दी, लोडसेडिङमुक्त घोषणा, विमानस्थल २१ घण्टा सञ्चालन, विद्यार्थी भर्ना अभियान, प्रधानमन्त्री कृषि परियोजना, शून्य लागतमा वैदेशिक रोजगारी रहेका छन् । यस्तै, पर्यटक आगमनमा वृद्धि, विद्यालयमा निःशूल्क इन्टरनेट, आफ्नै नानो स्याटेलाइट स्थापना, भूकम्पपछिको पुनर्निर्माणमा तीव्रता, बन्द उद्योगको सञ्चालनमा पहल, विमानस्थलको सेवामा सुधार, कर्मचारीको समायोजन र विदेशबाट फर्किएका युवालाई सहुलियत ऋणसम्मका कार्यक्रम सरकारले सञ्चालन गरेको छ ।

सरकारका काम हेर्दा झण्डै एक वर्षको अवधिमा सरकाले केही राम्रा उपलब्धि गरेको छ । समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया