खोटाङमा ट्याक्टर दुर्घटना हुँदा युवकको मृत्यु

0
839

खोटाङ माघ–३, खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जन्तेढुंगा गाउँपालिकाको चिसापानीबाट बराहपोखरीको बंशिलाघाटतर्फ जाँदै गरेको को २ त ६१७४ नम्बरको ट्याक्टर पल्टिँदा उदयपुर चौदण्डीगढी नगरपालिका–७ का २२ वर्षीय टंक श्रेष्ठको मृत्यु भएको हो ।
बराहपोखरी गाउँपालिका–५ पौवासेरास्थित सोरखानीमा बुधबार साँझ भएको दुर्घटनामा श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो । दुर्घटनामा बराहपोखरी गाउँपालिका–४ फाक्टाङका इन्द्र श्रेष्ठ र उदयपुर चौदण्डीगढी नगरपालिका–८ का देवकुमार राई घाईते भएका छन् । घाईतेलाई उपचारका लागि अन्यत्र पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया