रामधन हाम्रोखोटाङको सम्पादकमा नियुक्त

0
352

खोटाङ २९ पुस । हेलो मिडिया प्रा.लिद्धारा सञ्चालित हाम्रोखोटाङ डटकमको सम्पादकमा रामधन राई नियुक्त भएका छन् ।

यसअघि कार्यकारी सम्पादकका रुपमा रहेका रामधनलाई सञ्चालक समितिको २६ पुसमा बसेको बैठकले सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको थियाे । सञ्चालक समितिको निर्णय अनुसार २९ पुसदेखि लागू हुने गरी सुचना विभागमा उनको नाम सम्पादकको रुपमा परिवर्तन समेत भएको छ ।

लामो समयदेखि पत्रकारितामा क्रियाशिल रहेका रामधन सक्रिय, जुझारु र इमान्दार छबि बनाउन सफल छन् । रामधनको सम्पादन नेतृत्वपछि हाम्रोखोटाङ डटकमले सूचना र जानकारीमार्फत आफ्ना पाठक तथा श्रोतालाई अझै बढी सुसुचित गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास सञ्चालक समितिले राखेकाे छ । नवनियुक्त सम्पादकलाई बैठकले बधाईका साथै सफल कार्यकालको शुभकामना समेत दिएको छ ।

हाम्रोखोटाङ डटकम खोटाङको पहिलो व्यवसायिक अनलाइन पत्रिका हो । हाम्रोखोटाङ २०६८ सालदेखि नियमित रुपमा सञ्चालन हुँदै आएको छ । प्रेस काउन्सिल नेपाल तथा नेपाल सरकार, सञ्चार सूचना तथा प्रविधि मन्त्रालय अन्तर्गत सुचना विभागमा दर्ता भएर सञ्चालन हुने जिल्लाको पहिलो अनलाइन समेत हो ।

प्रतिक्रिया