खोटाङ २८ पुस । बाल सेवा समाज नेपालले महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशिलताका लागि परियोजना सुरु गरेको छ ।
क्रिश्चियन एड (केड) नामक संस्थाको सहयोगमा परियोजना सुरु भएको हो ।

दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा बिहीबार प्रदेश (ख) का साँसद रामकुमार राई पासाङले उद्धघाटन गरे ।

परियोजनाको लागि क्रिश्चियन एड (केड) को एक करोड ३७ लाख ७ हजार लगानी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ५ लाख लगानी रहेको छ ।

उद्यमशिलताको विकास, आय स्रोतको विविधिकरण, लैंंगिक हिंसा न्यूनिकरणमा सहयोग, निर्णय प्रकृयामा लक्षित समुदायको सक्रिय सहभागीताको लागि क्षमता विकास र नगरपालिकाको समावेशी योजना र स्थानीय जलवायु अनुकुलन तथा प्रकोप व्यवस्थापन योजना तयारीको क्षेत्रमा परियोजनाले काम गर्ने भएको छ ।