काठमाडौं २८ पुस । अकस्मात बिरामी परेका नेपाल कम्युनिष्ट पार्टी नेकपामा जिल्ला नेता कुमार आचार्य स्वस्थ भएका छन् । उनको स्वास्थ्यमा सुधार आएपछि उनी अस्पतालबाट घर फर्किसकेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्य अवस्था राम्रो हुँदै गएको भन्दै सहयोग र सदभाव राख्ने सबैलाई धन्यवाद दिएका छन् ।

‘हार्दिक कृतज्ञता व्यक्त गर्दछु मेरो स्वस्थ्य समस्या भएको बेला प्रत्यक्ष भेटेर ,फेसबुकमार्फत, एसएमएस अनि फोनबाट र बाकि रहेकाले मनमनै सुस्वस्थको कामना गर्ने अनि बिरामी अस्पताल लाने, काठमाडौ लाने बेबस्था मिलाउने, अस्पतालमा सहयोग गर्ने सम्पुर्ण माहानु भाबहरुमा मेरो स्वास्थ्य अहिले राम्रो हुँदै गयएकाले सबै सबैमा कृतज्ञता ब्यक्त गर्दछु ।’ उनले भनेका छन्, ‘मैले फेरि तपाइहरुको गुन तिर्न सक्छु की सक्तिन कोसिस गर्छु सबैलाइ सहयोग गर्नपाउ ।’

यसअघि, उनी प्रेसरका कारण अस्वस्थ्य भएपछि हेलिबाट काठमाडौं ल्याइएको थियो । उनको काठमाडौंको सिभिल अस्पतालमा उपचार भएको थियो ।