निर्मलालाई न्यायको निम्ति खोटाङवाट ध्यानाकर्षण

0
584

खोटाङ मंसिर–१७, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीको पहिचान गरी कारबाही गर्न नसेकेको भन्दै खोटाङवाट सरकारको ध्यानाकर्षण गराईएको छ । घटना भएको ४ महिना बित्दा समेत बलात्कारी एबं हत्याराको पहिचान गर्न नसकेको भन्दै नेपाल तरुण दल खोटाङले सोमबार जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत सरकारको ध्यानाकार्षण गराएका हुन् ।

तरुण दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै निर्मलाको बलात्कार र हत्याजस्तो जघन्य अपराधिक घटनामा संलग्न बलात्कारी एबं हत्याराको पहिचान गरेर हदैसम्मको कारबाही नभएकोमा आपत्ती प्रकट गरेको छ । कुकृत्यमा संलग्न अपराधीलाई तत्काल कानूनको कठघरामा ल्याउन र निर्मलालाई न्याय दिन सरकारको ध्यानाकर्षण गराउनु परेको तरुण दलका अध्यक्ष भिषण राईले बताउनुभयो ।

तरुण दलले सरकारको आलोचना गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । तरुण दलले गम्भीर प्रकृतिको अपराधमा संलग्न अपराधीलाई तत्काल कारबाहीको दायरामा नल्याइएमा निर्मलालाई न्याय दिलाउन जुनसकै कदम चाल्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया