लाश बोकेर कहिले गाइघाट कहिले दिक्तेल हिडेको पिडा मेरो मनमा : विशाल भट्टराई

0
1092

विशाल भट्टराई
सा‌सद, प्रतिनिधिसभा

पुरा हुँदै -एउटा अस्पताल बनाउने सपना ।

यो (तस्वीरमा देखिएको ठाउँ) दक्षिण खोटाङको एउटा महत्त्वपूर्ण ठाउँ हो- चिसापानीबजार ।

राज्यको पुनर्संरचनाको बहस जिल्लामा चर्काेगरी हुदैगर्दा जन्तेढुङाको केन्द्र कहाँ हुने भनेर कहिलै कसैले विवाद निकालेन। सर्वसम्मत- चिसापानी।

बीसौं बर्षदेखी त्यहाँ प्राथमिक स्वास्थ्य केन्द्र चल्यो, त्यसै भेगका नेता ठुलो ठुलो ठाउँमा पुग्नुभो तर दुइ दसकमा एकदिन डाक्टर बसेनन।

सत्तरीको चुनाव जितेपछि मेरो मुख्य ध्यान PHC मा डाक्टर लाने कुरामा थियो। यसकारण कि जनताको उपचार त भएन भएन, भवितव्यमा परेको लाश बोकेर नाकमा तितेपातिको मुन्टा घुसारेर कहिले गाइघाट कहिले दिक्तेल हिडेको पिडा मेरो मनमा अमिट बनेर बसेको थियो ।

तर म सफल भए । डाक्टर खटिनुभो, डाक्टर बस्नुभो, आफैले बजेट दिएर पोस्टमार्टम घर बनाउन लगाए। त्यसपछि कसैले कुहिएको लाश बोकेर हिड्नुपरेको छैन ।

हो त्यही चिसापानीमा यो सरकारले १५ सैयाको अस्पताल बनाउने निर्णय गरेको छ। अब स्थानीय बासिन्दा र गाउँपालिकाले जग्गाको ब्यवस्था चै यथासिघ्र गर्नुपर्यो ।

१६ पुष,२०७५
काठमाडौ।

प्रतिक्रिया