अदुवा अग्रज सुरमानको मन छुने कथा: जसले जीवनभर माटो र अदुवामै भरोसा राखे (भिडियो प्रोफाईल)

0
1299

सुरमान राई एक प्रतिनिधि किसान हुनुहुन्छ । जसले २०४४ सालदेखि नै व्यवसायिक रुपमा अदुवा खेति सुरु गर्नुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका ७० वर्षिय सुरमान हाल काम गर्न सक्नुहुन्न । कुनै समय पन्ध्र क्विण्टलसम्म अदुवा उत्पादन गरेर जिल्लाका विभिन्न क्षेत्रमा खपत गराउनुहुने उहाँ हाल दमको विरामीले घरैमा थलिनुभएको छ ।

उहाँले थोरै जग्गामा नै प्रशस्त अदुवा उत्पादन गरेर जिल्लाभरका उपभोक्ता तथा किसानलाई उपभोग गर्न र वीउको रुपमा विक्रि गर्नुभयो । सम्भवतः अव उहाँ पहिले जसरी अदुवा उत्पादन गर्न सक्नुहुन्न । तर उहाँले वेच्नुभएको अदुवा नै सवैको घरघर तथा वारीवारीमा रहनेछन् । उहाँले नै सुरुमा अदुवा भित्र्याउनुभएको थियो ।

हालै उहाँलाई प्रतिनिधि किसानको रुपमा सम्मान तथा पुरस्कार पनि प्रदान गरिएको छ । दिक्तेलवजारमा सम्पन्न नवौं कृषक दिवस तथा वृहत कृषि मेलाको अवसरमा उहाँलाई २५ हजार रुपैंयाँ नगदसहित उत्कृष्ट कृषकको रुपमा सम्मान गरिएको हो । जीवनभर माटो र अदुवामै आस्था र भरोसा राख्नुहुने अदुवा अग्रज सुरमान राईको भिडियोमा हेरौं, सुनौं ।


प्रतिक्रिया