खोटाङ, पुस १२– खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा बुधबार सुरु भएको डढेलो नियन्त्रणमा आएको छ । स्थानीय ढाँडेपाखा–हाँडीखोलास्थित डम्बर्खुशिवालय सामुदायीक बनमा लागेको डढेलो बिहिबार दिउँसो नियन्त्रणमा आएको हो ।
१ सय ६५ हेक्टरमा फैलिएका सामुदायीक बनको करिब ४५ हेक्टर क्षेत्र डढेलोले बिनास गरेको स्थानीय याम राईले बताउनुभयो । स्थानीयको निरन्तर प्रयासमा एक दिनपछि डढेलो नियन्त्रणमा आएको हो ।
जानकारी भए लगत्तै डढेलो निभाउने प्रयास सुरु गरिए पनि हावाहुरीका कारण कठिन भएको थियो । डढेलो लाग्नुको कारण खुल्न सकेको छैन । डढेलोले पशुपन्छीको बासस्थानका साथै स–साना बोट बिरुवा नास भएको छ ।