अब यस्तो बन्नेछ धराहरा (भिडियोसहित)

0
496

काठमाडौं १२ पुस । महाभूकम्प २०७२ ले भत्काएको ९ तले धराहराको पुननिर्माण आज (१२ पुस) देखि औपचारिक रुपमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धराहरा पुन निर्माणको शिलान्यास गरेका हुन् । भूकम्पलबाट भत्किएको चार वर्षपछि भिमसेन थापाको पालामा बनेको धरहराको पुननिर्माणको काम थालिएको हो ।
विसं १९९० सालको भुइँचालो अघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । ७२ सालको भूकम्पले पुरै धराहरा भत्काएको छ ।
भत्किएको धरहरा बनाउने जिम्मा जीआईईटीसी रमन जेभीले पाएको छ । भूकम्पले भत्किएको धरहरा सिसाभित्र राखेर संरक्षण हुनेछ भने नजिकै छेउमा पुरानो स्वरुपमा आधुनिक सुविधा सम्पन्न धराहरा बन्नेछ ।
२९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् । धरहरा ११ तलाको बन्नेछ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुने छ ।
नयाँ धरहरामा अब लिफ्टबाट नै ‘टप’मा पुग्ने व्यवस्था हुनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ ।
धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्री भाग आधुनिक हुने बताइएको छ । धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट पनि बनाइने भएको छ ।
धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम समेत बनाइने छ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रदर्शनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्री समेत हुने प्राधिकरणले जनाएको छ ।
धरहरा छिर्ने बित्तिकै आकर्षक बँगैचा आउने छ । धरहरा परिसरमा लाइब्रेरी, रेष्टुरेन्टलगायतका सुविधाहरु पनि हुनेछन् । धरहरा परिसरमा तीन तले पार्किङ समेत हुने छ । पर्यटकका लागि अब बन्ने धरहरा काठमाडौंको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ ।
भिडियो हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here