हलेसी तुवाचुङको दुई स्थानमा माछापुच्छ्रे बैंकको सेवा केन्द्र

0
333


खोटाङ पुष–८, माछापुच्छ्रे बैंकले खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाको दुई स्थानमा ग्राहक सेवा केन्द्र स्थापना गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले र ११ राजापानीमा बैंकले सेवा केन्द्रको स्थापना गरेको हो ।
गाउँगाउँमा रहेका सर्वसाधारणलाई वित्तीय पहुँच पु¥याउने उद्देश्यले ग्राहक सेवा केन्द्र हालै स्थापना गरिएको हलेसी शाखाका प्रबन्धक खगेन्द्र श्रेष्ठले बताउनुभयो । राजापानीमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. नेफिल मातङ्गी मास्केले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
अर्खौलेमा स्थापना गरिएको सेवा केन्द्र नगर प्रमुख इवन राईले उद्घाटन गर्नुभएको प्रबन्धक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आईतबार उदयपुरको लेखानी, सोमबार उदयपुरकै घुर्मी र खोटाङको मङ्लटारमा स्थापना गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here