विमोचनमै कविता प्रतियोगीता

0
459

खोटाङ, मंसिर २८ । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसमा कविता प्रतियोगीता गरिएको छ ।
समाजवादी बिद्यार्थी फोरम, नेपालले बार्षिक रुपमा प्रकाशन गर्दै आएको ‘समाजबादको यात्रा’ विमोचन कार्यक्रमको अवशरमा कबिता प्रतियोगीता आयोजना गरिएको हो । बिहिबार आयोजित प्रतियोगीतामा रिमा राई प्रथम, प्रमिला भुजेल दोश्रो, घनश्याम ढकाल तेश्रो र बिष्णु उपरकोटी शान्त्वना भएका छन् ।
कबिता प्रतियोगीताका बिजेतालाई दिक्तेल बहुमुखी क्याम्पसका प्रमुख हिराकुमार राई, संघीय समाजबादी फोरमका केन्द्रिय परिषद सदस्य कर्ण कार्की, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष निर्मल राई र प्राध्यपक शरण खत्रीले पुरस्कार प्रदान गरे ।
कबिता प्रतियोगीतामा प्राध्यपक बेदीकुमार राई, शरण खत्री र नइन्द्र खत्रीले निर्णायक मण्डलको भूमीका निर्वाह गरेका थिए । समाजबादको यात्रा बिमोचन गरे लगत्तै कबिता प्रतियोगीता आयोजना गरिएको थियो । बार्षिक प्रकाशन ‘समाजबादको यात्रा’को वर्ष २ अंक २ संघीय समाजबादी फोरमका जिल्ला अध्यक्ष नबिन राई, क्याम्पस प्रमुख राई, केन्द्रिय परिषद सदस्य कार्की, वडाध्यक्ष राईले बिमोचन गरेका हुन् । ४८ पृष्ठको पत्रिकामा विभिन्न व्यक्तीका बिचार, साहित्य सम्बन्धी लेखहरु समाबेस गरिएको समाजबादी बिद्यार्थी फोरमका जिल्ला इन्चार्ज एबं केन्द्रिय सचिवालय सदस्य रबिन खम्बूले बताए ।

प्रतिक्रिया