खोटाङे कांग्रेस नेताहरु बैठकमा भाग लिन काठमाडौं प्रस्थान

0
499

खोटाङ २७ मंसिर । नेपाली कांग्रेसको भोलि २८ मंसिरदेखि हुने महासमिति बैठकमा सहभागी हुन जिल्लाका कांग्रेस नेताहरु काठमाडौं प्रस्थान गरेका छन् । महासमितिमा देशभरबाट करिब १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधिका रुपमा सहभागी हुन जिल्लाका विष्णुकुमार राई लगायत नेताहरु काठमाडौं प्रस्थान गरेका हुन् ।

महासमितिमा सहभागी हुन आउने प्रतिनिधिको रजिस्ट्रेशन तथा स्वागत शुक्रबार हुनेछ भने उद्घाटन कार्यक्रम शनिबार काठमाडौंको एक पार्टी प्यालेसमा हुनेछ । बन्द सत्र भने १ पुसबाट ३ पुससम्म चल्ने कार्यतालिका कांग्रेसले बुधबार सार्वजनिक गरेको छ ।

आन्तरिक विवादमा रहेको कांग्रेसमा हालसम्म पनि विधानमा राख्ने प्रावधानका विषयमा सहमति जुटेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here