पत्रकार डम्बरसिं राईलाई मातृशोक

0
437

खोटाङ । खोटाङमा लामो समयदेखि सक्रिय रुपमा पत्रकारिता गर्दै आउनु भएका डम्बरसिं राईलाई मातृशोक परेको छ । डम्बरकी ममतामय आमा धनमायाको २० मंसिरको राती निधन भएको हो ।

७२ वर्षिया धनमाया ब्रेन ट्युमरको रोगी हुनुहुन्थ्यो । धनमायाको बिहीबार अपराह्न किरात सस्कार अनुसार अन्त्येष्टि गरिएको थियो । पाँच छोरा र एक छोरीकी आमा धनमायाका हाल दुई छोरा र एक छोरी छन् । धनमायाका अर्का छोरा उमेत राई पनि पत्रकार नै हुन् । उनी नेपाल पत्रकार महासंघ खोटाङका पूर्व अध्यक्ष समेत हुन् ।
मृतक धनमायाप्रति हार्दिक ऋद्धान्जली तथा शोकसन्तप्त परिवारजनप्रति हाम्रोखोटाङ डटकम परिवार समवेदना प्रकट गर्दछ ।

प्रतिक्रिया