खोटाङ ४ साउन । काठमाडौं तथा तराईबाट जिल्लामा सिँधै सडक सञ्जालले जोडिने जिल्लाकाे प्रमुख नाका जयरामघाटको निर्माणधिन पुलमा स्टीलट्रष्ट जोड्ने काम सम्पन्न भएको छ ।
अब डलानको काम सम्पन्न भएसँगै पुल सञ्चालनमा ल्याइने भएको छ । ठेगेदार कम्पनीले दशैं अगाडी नै पुल सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेकाे जनाएको छ ।
स्टीलट्रष्ट जडान कार्य सकिए लगत्तै ढलानका लागि फर्मा बिच्छ्याउन थालिएको र आवश्यक सामग्री समेत निर्माणस्थलमा ल्याइ सकिएकाले भदौ अन्तिमसम्ममा निर्माण कार्य सम्पन्न हुने ठेकेदार कम्पनीले जनाएको छ ।
दुई वर्षभित्र सम्पन्न गर्नेगरी २०६६ साल भदौमा सम्झौता गरेर हुलास कालिका कन्ट्रक्सन जेभीले पुल निर्माणको जिम्मा लिएको थियो । 
पुल जडानका लागि चाइनाबाट इन्जिनियर र सामग्री ल्याउनुपरेको तथा नाकाबन्दी लगायत कारण ढिला हुन गएको बताइएको छ ।