काठमाडौं ६ भदौ
दशैंमा घर जानेहरु हिलो सडकमा गाडी फसेपछि बिजोगमा परेका छन् । रुपाकोट मझुवागढी नगरपालिका अन्तरगत घुर्लुङ, मुडे, रत्नपार्क लगायत स्थानमा गाडी फस्दा यात्रुहरुको बिजोग भएको हो ।

यात्रुहरुको बिचल्ली भइरहँदा रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल भने भाषणमै बढी केन्द्रित देखिएका छन् । उनको यतिबेला सामाजिक सञ्जाल लगायतमा विरोध समेत भईरहेको छ ।

यसअघि, मेयर रिजाल खोटेहाङ गाउँपालिका लगायत विभिन्न स्थानमा पुगेर जनप्रतिनिधि र पार्टीको सम्बन्ध कस्तो हुने भन्ने विषयमा एमाले कार्यकर्तालाई प्रशिक्षणमा व्यस्त थिए । बिहीबार भने उनले काठमाडौंमा आवधिक नगर विकास तयारी सम्बन्धमा परामर्श गरे ।

नगरपालिकाले दशैंको मुखमा १५ किमी सडक विस्तार गर्ने योजना अघि सारे पनि दशैं आउन केही दिन अघि मात्र यस्तो निर्णय गरेकाले कतिपयले विकासको दिर्घकालिन हित भन्दा पनि पपुलारिटीको लागि मात्र गरिएको भनेर टिप्पणी समेत गरेका छन् । जनप्रतिनिधि पाउँदा समेत बाटो निर्माणमा गतिलो योजना नबनेकोप्रति खोटाङेहरु भने चिन्तित छन् । हेर्नुहोस् बाटोका केही तस्बीरहरु

                                                                                                 तस्बीरः डम्बरसिं राई, फेसबुक