काठमाडौं २० असोज
ह्वील चियरमैत्री बाटो अभावमा एक वृद्धा तिर्थालु हलेसीको मन्दिरसम्म पुगेर दर्शन नै नगरी फर्कनु परेको छ । 
सिन्धुलीबाट हलेसी दर्शन गर्न पुगेकी एक शारिरीक अपांगता भएकी तिर्थालुले मन्दिरमा पुगेर दर्शन गर्न सकिनन् ।
ह्विलचियरका साथ हलेसीको गेटसम्म पुगेपनि त्यसबाट गुफा छिर्ने ठाउँमा अखेटा भएकाले उनी मन्दिरसम्म पुग्न असमर्थ भइन् ।
 परिवारका साथ हलेसी पुगेका उनीहरु मध्ये अन्य परिवारले भने हलेसीको मन्दिरसम्म पुगेर दर्शन गरेका थिए । शारिरीक अपांग ती वृद्धाले आफू मन्दिरसम्म पुग्न नसकेपछि मन्दिर गेटबाटै प्रार्थना गरेको बताइन् ।
शारिरीक अशक्तका कारण गुफासम्म पुग्न नसकेपछि मन्दिर गेटबाटै नियाल्दै ।