कात्तिक–२९, आगामी मंसिर ६ गते अवकाश लिने तयारीमा रहेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस खाएको आरोपमा पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेपछि पाण्डे पनि घुस काण्डमा मुछिएका छन । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए । उनिहरुले दिएको बयानका आधारमा महानिर्देशक पाण्डेलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ । विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेल र विभागकै नायव सुब्बा खड्गबहादुर केसी पक्राउ परेपछि महानिर्देशक पाण्डेको पनि त्यसमा मिलेमतो देखिएको खुलेको हो ।
मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित ईन्द्रणी फुडल्याण्डबाट पौडल र केसी समातिएका थिए । वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
उनीहरुलाई पाण्डेले नै परिचालन गरेको अनुसन्धानबाट खुलेपछि पक्राउ गरिएको बुझिएको छ । पाण्डे आमागमी मंसिर ६ गते अवकाश लिने तयारीमा थिए ।  (न्युज अफ नेपालबाट)